24.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउराली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र वितरण गर्ने

चौंरीदेउराली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र वितरण गर्ने

२० फागुन २०७७/छेडुप तामाङ
काठमाडौ
। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार किसानलाई कृषि यन्त्र वितरण गर्न लागेको हो ।

गाउँपालिकामा रहेका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्महरूलाई उक्त यन्त्र वितरण गर्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । ‘किसानसँग गाउँपालिका कार्यक्रम अन्तर्गत कृषि उत्पादनमा किसानहरूलाई सहयोग गर्ने उद्देश्यले यो यन्त्र वितरण गर्न लागेका हौँ ।’ अध्यक्ष गौतमले भने, ‘किसानहरूको माग धेरै भएकोले यो चालु आर्थिक वर्षमा हामीले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्न लागेका हौँ ।’

यस अघि पनि गाउँपालिकाले भैँसी सुत्केरी भत्ता अन्तर्गत १५ सय रुपैयाँका दरले किसानहरूलाई रकम वितरण गरेको थियो । चालु आर्थिक वर्षमा कृषिलाई बढी प्राथमिकता दिएको गाउँपालिकाले विभिन्न चरणमा किसानहरूलाई केन्द्रित गरेर कार्यक्रमहरू ल्याइरहेको अध्यक्ष गौतमले बताए । उनले किसानहरूलाई चैत्र २ गते भित्र रितपूर्वक गाउँकार्यपालिकाको कार्यालयमा निवेदन पेस गर्न समेत किसानहरूलाई अनुरोध गरे ।

निवेदनका साथमा कृषकले आफ्नो नागरिकताको फोटोकपी, कृषक समूह, कृषि सहकारी, कृषि फर्मको हकमा भने दर्ता प्रमाणपत्र, नवीकरण, कर चुक्ता, प्यान दर्ता प्रमाणपत्र, संस्थाको निर्णयको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने गाउँपालिकाले यस अघि नै सूचना जारी गरी सकेको छ ।

उनले किसानहरुलाई चैत्र २ गते भित्र रितपूर्वक गाउँकार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्न समेत किसानहरुलाई अनुरोध गरे ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्