30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा अज्ञात ब्यक्तिबाट विद्यालयलाई झोलाभरि नगद दान

जापानमा अज्ञात ब्यक्तिबाट विद्यालयलाई झोलाभरि नगद दान

03 March 2021/Dipak Tamang
Japan । जापानको नारा सहरका तीन विश्वबिद्यालयले अज्ञात व्यक्तिबाट झोलाभरि नगद प्राप्त गरेका छन ।
करिब ७० बर्ष आसपास उमेर रहेका ब्यक्तिले बिद्यालयमा बच्चाहरूलाई प्रयोग गर्नु भनि आफ्नो झोलामा भएको १ करोड येन बुझाएका छन।
ती ब्यक्ति प्राथामिक विद्यालय , कनिष्ट उच्च विद्यालय र उच्च विद्यालय गएका थिए। उनले हरेक विद्यालयमा १-१ करोड येन दिएका छन सो रकम अहिले नारा सिटी बोर्ड अफ एजुकेशनको हातमा पुगेको छ। अब त्यो रकम विद्यालयको शैक्षिक गतिविधि सन्चालनका लागि प्रयोग गरिने छ भने ती ब्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन । तर जापानमा यसरी अज्ञात रूपमा दान दिने चलन नौलो भने होईन। बिशेषगरी,बिद्यालय र अनाथ आश्रमहरूमा यसरी दान आउने गरेको छ । नारो सहरमा यस अघि पनि कोरना भाइरस रोकथाम उपायको लागि भनेर डिसेम्बरमा ३ करोड येन दान आएको थियो । अहिले बिद्यालयलाई दान दिने ब्यक्ति पनि सोही ब्यक्ति हुनसक्ने नारा सिटी बोर्ड अफ एजुकेशनको आशंङ्का रहेको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्