18.1 C
Kathmandu

ब्रेकिङ समाचारछेडुप मोक्तानको ल्होछार संग सम्बन्धित गीत “डम्फुरी चरी फिर फिर” सार्वजानिक(भिडियो सहित)

छेडुप मोक्तानको ल्होछार संग सम्बन्धित गीत “डम्फुरी चरी फिर फिर” सार्वजानिक(भिडियो सहित)

३ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
जापान ।
गायक तथा संगीतकार छेडुप मोक्तान को” डम्फूरी चरी फिर फिर” तामाङ सेलो गीत ल्होछारको अवसर माहोल संगै सार्बजनिक भएको छ । कल्पना वाईबाको शब्दमा छेडुप मोक्तानको संगीत रहेको छ भने आवाजमा छेडुप मोक्तानलाई जितु लोप्चनले साथ दिएकी छिन ।

उक्त गीत फनिन्द्र राईको एरेन्ज हो भने मिक्सिङ दिपेश प्रधानले गर्नुभएको छ । तामाङ कला संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ प्रवासमा रहेर पनि गीत संगितलाई निरन्तरता दिएको कुरा गायकद्धय छेडुप मोक्तानले जानकारी दिएको छ । दक्षिण कोरिया स्थित जेएनसि रेड बक्स र नेपालमा परपल स्टुडियो रेकर्ड गरिएको मोक्तानले जानकारी दिएको हो।


ल्होछार पर्वको माहोलसंगै सार्वजनिक भएको उक्त म्युजिक भिडियोको मुख्य भूमिकामा तामाङ समुदायका चर्चित नायक अमिर दोङ, सन्दिप स्याङतान, चांदनी मोक्तान, लता योन्जन, सुस्मा मोक्तान, प्रभा घिसिङ, कुईसाङ रूम्बा, अनिता नेगि लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेका छन्। भिडियो को क्यमरामा बिक्रम मोक्तान ले साथ दिएको छ भने , निर्देशन अजय स्याङ्तानले गरेका छन।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्