30.1 C
Kathmandu

अन्तर्राष्ट्रियनेपाल राष्ट्रिय तामाङ घेदुङ जापानको अध्यक्षमा पेम्बा लामा तामाङ र महासचिबमा भरत...

नेपाल राष्ट्रिय तामाङ घेदुङ जापानको अध्यक्षमा पेम्बा लामा तामाङ र महासचिबमा भरत मोक्तान चयन

३ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
जापान ।
मन्जुश्री संबत २८५७ औं लाङ ल्हो, सोनाम ल्होछारको अवसरमा रास्ट्यि तामाङ घेदुङले ल्होछार कार्यक्रम तथा भेला सम्पन्न गरेका छन् । उक्त भेलाले पेम्बा तामाङको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको छ।

शुक्रबार, फेव्रअरी १२ का दिन “काठमाण्डौ लन्च बार सिन ओबुकु” टोकियो जापानमा नेपाल तामाङ राष्टिय घेदुङ बिदेश बिभाग प्रमुख पेमा लामा वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला रष्टिय तामाङ घेदुङ जापानको संयोजक टासी लामाको सभापतिमा सम्पन्न भएको हो। कर्यक्रममा प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधन गर्दै , तामाङहरूको हक, हित, अधिकार र पहिचानको बारेमा सम्पूर्णलाई बुझ्न बुझाउन आवश्यक रहेको बताएका थिए । प्रबासमा रहेको सम्पूर्ण तामाङहरूमा आईपर्ने समस्याहरू समाधान गर्न संघ–संस्थामा मात्र अल्झेर नबसी एकीकृत भई तामाङ समाज निर्माण गर्न लागिपर्ने कुरामा जोड दिएका थिए ।
विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै सम्पन्न उक्ता भेलामा तामाङ संस्कार र संस्कृतिको जोगेर्न गर्ने उदेश्यले प्रत्यक वर्षमा ल्होछार पर्व बाहेक ३÷४ वटा कार्यक्रम डम्फु सांझ जस्ता कार्यक्रम हरु गरी तामाङ कालाकारितालाई पनि अघि बढाउन लागि पर्ने र नेपालमा पनि आइपर्ने बिभिन्न ठाउमा सहयोग गर्ने उदेश्यले नेपाल तामाङ राष्टिय घेदुङ जापान गठन गरेको कुरा अध्यक्ष पेम्बा लामा तामाङले बताएका थिए ।
ल्होछार कार्यक्रमको साथमा सम्पन्न उक्त भेलाले निम्नानुसारका कार्य समिति चयन गरिएका थिए ।
१) पेम्बा लामा तामाङ–अध्यक्ष
२) विद्या सागर मोक्तान–उपाध्यक्ष
३) रेशम ग्यामदेन लामा–उपाध्यक्ष
४) संजिब स्याङतान–उपाध्यक्ष
५)भरत मोक्तान –महासचिब
६) कुशल मोक्तान–सचिब
७) टाशि लामा–कोषाध्यक्ष
८) सम्झना लामा–सह–कोषाध्यक्ष
सदस्यहरु
९) सुनिल लामा वाइबा
१०) शोनी तामाङ
११) युवराज लामा
१२) दिव्य लामा स्याङबो
१३) निमा लामा
१४) सोम बहादूर घिसिंग
१५) विष्णु ल्हो तामाङ
१६) बुद्ध लामा पाख्रिन
१७) मुस्कान ग्लान तामाङ
१८) प्रज्वल लामा दोङ

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्