19.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीमा आधारित ऐतिहासिक गीत दोङह्राप सार्वजनिक

तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीमा आधारित ऐतिहासिक गीत दोङह्राप सार्वजनिक

२५ माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– काभ्रे जिल्लाको ऐतिहासिक उद्गम स्थल तेमालको तामाङ राजाको जिवनीमा आधारित ऐतिहासिक गीत ‘दोङ्ह्राप ह्वाई’ आज एक बिशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । काठमाडौ तिनकुने स्थित ईन्द्रेणी डि क्याफेमा आईतवार पत्रकार सम्मेलन मार्फत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो

तामाङ गीतसंगीतकै ईतिहासमा पहिलोपटक गीत रेकर्ड गर्ने गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा ऐतिहासिक तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको परिचय संगै ईतिहाससंग सम्बन्धित बिषयवस्तुलाई उठान गरिएको छ । भाग १, २ र ३ गरी क्रमश ३/३ महिनामा सार्वजनिक गर्ने तयारी रहेको उक्त दोङ्ह्राप अर्थात ईतिहास गीतको पहिलो भाग आज सार्वजनिक गरिएको हो ।

गीतका शब्द संकलक अर्थात रचनाकार हिराकाजी लामाको अनुसार तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीसंग सम्बन्धीत रहेको यो गीत पहिलो ऐतिहासिक गीत रहेको दाबी गरेका छन् । बिभिन्न राजाहरुको ईतिहास अर्थात जिवनी किताबमा प्रकाशीत हुने गरेकोमा गीतसंगीतको माध्यमबाट भने पहिलो पटक यसरी राजाको ईतिहास संग सम्बन्धीत गीत सार्वजनिक भएको कुरा उल्लेख गर्दै अब देश बिदेशमा छरिएर रहेका तामाङहरुले ईन्टरनेटको माध्यमबाट सुन्न सकिनेछ । राजा ह्रेन्जेन दोर्जेको जिवनी संगै ईतिहासको बारेमा जानकारी दिने किताब कहां पाइन्छ, यो ईतिहासको बारेमा गाउं समुदायमा कस्ले बताउन सकिन्छ भनेर सोधिखोजिरहनु पर्ने समस्याको एउटै मात्र समाधानको उपाए भनेकै अबका दिनमा ‘दोङ्हा्रप ह्वाई’ रहेको कुरा पुष्टि पारेका थिए ।

नेपाल कुनै बेला बाईसे चौबिसे राज्यको रुपमा स–साना राज्यमा विभाजित रहेको त्यो ईतिहासको कालखण्डमा नेपाल एकिकरणको क्रममा राजा पृथ्विनारायण शाहाले ह्रेन्जेन दोर्जेले आफ्नो छुट्टै शासन चलाएको तेमाल राज्य कब्ज गर्न नसकेको र मित लगाउने बहानामा ह्रेन्जेन दोर्जेको बिभत्स हत्या गरेको ईतिहास तेमाल लगायत आसपासका तामाङहरुले कथाको रुपमा सुनाउने गर्थे भने अब त्यही बिषयबस्तुसंग सम्बन्धित सबै कुराहरु गीतको रुपमा सुन्न पाइने भएको छ ।

तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीमा आधारित ऐतिहासिक गीत दोङह्राप सार्वजनिक कार्यक्रमका अध्यक्षता शब्दकार हिराकाजी लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी एवम् सामाजीक अभियान्त सुदिन लामा दोङले गरेका थिए । उपस्थित पत्रकारहरुको प्रतिनिधित्व गर्दै मन्तव्य राख्ने क्रममा सारा खबरका सम्पादक मिलन लामा दोङले सम्पुर्ण पत्रकारहरुलाई यो ईतिहांसकै पहिलो ऐतिहासिक गीत रहेकाले समाचारको रुपमा सक्दो प्रचार प्रसार गरि देश तथा विदेशमा रहेका तामाङ तथा गैह्र तामाङहरुमाझ पुर्‍याउनको निमित्त अनुरोध गरेका थिए ।

हिराकाजी तामाङको शब्द संकलनमा बनेको उक्त गीतमा संगीत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको रहेको छ भने यस गीतमा चन्द्रकुमार दोङको साथमा ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रस्मी तामाङ दोङको आवाज रहेको छ । यस गीतको निर्माता सि.बि.लामा रहेको छ भने सम्पादक जिल्ला दोर्जे लामा रहेको छ । रमेश खनाल र कृष्ण विजय श्रेष्ठले प्रायोजन गरिएको दोङ्ह्राप ह्वाईको विशेष सम्पदाक भने शंख बुद्ध लामा र मान बहादुर तामाङ रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्