19.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउराली सरकारको निर्णय: सोनाम ल्होछारमा ३ दिन विदा

चौंरीदेउराली सरकारको निर्णय: सोनाम ल्होछारमा ३ दिन विदा

२४ माघ २०७७
काठमाडौ- काभ्रेको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । ल्होछारमा सार्वजनिक विदा दिने निणर्य शुक्रबार सम्पनन गाउँसभाले गरेको हो ।
सार्वजनिक विदा माघ २९, ३० र फाल्गुण १ गते दिने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता तथा ३ नं. वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए । तामाङ समुदायको बहुल्यता रहेको यस गाउँपालिकामा यो वर्षदेखि ३ दिन सार्वजनिक विदा दिने निणर्य गरेको हो ।
तामाङ समदायको महान पर्वको रुपमा रहेको सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु सरकारको दायित्व भएकोले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । ‘नेपाल बहुजातिय, बहुसाँस्कृतिक, बहुधार्मिमक मुलुक हो । सबै समुदायको भाषा, धर्म, संस्कृतिको रक्षा, विकास र सम्बद्र्धन गर्नु सरकारको दायित्व हो ।’ अध्यक्ष गौतमले भने, ‘त्यसैले यो पटकदेखि हाम्रो गाउँबासी जनताको भावनाको सम्मान गर्दै आफ्नो साँस्कृतिक पर्व धुमधामका साथ मनाउने वातावरण बनोस भनेर ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने हामीले निणर्य गरेका हौं ।’
अध्यक्ष गौतमले हिन्दु धर्मोलम्बीहरुको पर्व दशैं र तिहारालाई जति नै अरु समुदायको चाडपर्व र संस्कारलाई पनि उत्तिकै सम्मान र समान व्यबहार गर्दै अघि बढ्ने बताए ।
सोही अनुसार यो वर्षमा गाउँपालिकाले गाउँपालिका स्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । गाउँपालिकाले सो कार्यक्रमको लागि बजेटको समेत व्यवस्था गरेको प्रवक्ता घिसिङले जानकारी दिए । घिसिङका अनुसार साँस्कृतिक कार्यक्रम वडा नं. ७ को मादनकुँडारीमा आयोजना गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्