28.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा युवाका लागि दोस्रो चरणको तालिम सम्पन्न

नमोबुद्धमा युवाका लागि दोस्रो चरणको तालिम सम्पन्न

२० माघ २०७७/Chhedup Tamang
भकुण्डेबेशी
–सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरी युवाहरुलाई उद्यमशील बनाउन अभियान सुरु गरेको नमोबुद्ध नगरपालिकाले युवाहरुलाई दोस्रो चरणको तालिम दिएको छ । 


नगरपालिकाले दोस्रो चरणमा १, २, ६, ७, ८ ९ र १० गरी सात वटा वडाका ३० जना युवालाई सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम दिएको हो । यसअघि अन्य वडाका २५ जना युवालाई यो तालिम प्रदान गरिसकिएको छ । दोस्रो चरणको तालिमका सहभागीहरुलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षकहरु रचना पण्डित, श्यामकाजी खत्री र सुमन फुयाँलले प्रशिक्षण दिएका थिए ।


माघ १४ गतेदेखि सुरु भएको तालिमको समापन कार्यक्रम मंगलबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिमको समापन गर्दै नगर प्रमुख तिमल्सिनाले तालिमले युवाहरुको विदेश पलायनलाई केही हदसम्म भए पनि रोक्ने विश्वास व्यक्त गरे । अबको समय राजनीतिक भन्दा पनि आर्थिक क्रान्तिको समय भएको भन्दै तिमल्सिनाले त्यसलाई सफल बनाउन नमोबुद्ध नगरपालिका सधैं युवाहरुको साथमा रहेको बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवालाई स्वरोजगारका लागि उत्प्रेरित गर्न नगरपालिका तयार रहेको बताए । उनले जागिरमा मात्रै नभई युवाहरुले स्वरोजगारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै यो तालिमले स्वरोजगारतर्फको यात्रा सुरु भएको बताए । लगनशिलता र इमान्दारिताले नै मानिसलाई सफल बनाउने पौडेलको भनाई थियो । उनले युवाहरुलाई नयाँ नयाँ सम्भावनाको खोजी गर्न आग्रहसमेत गरे । 
कार्यक्रममा राष्ट्रिय यवा परिषदका प्रशासकीय अधिकृत बाबुराम आचार्यले युवाहरुलाई स्वरोजगारतर्फ केन्द्रित गर्न परिषदले देशैभर यस्ता तालिम आयोजना गरिरहेको जानकारी दिए । उनले नमोबुद्धमा युथ इनोभेसन सेन्टरसमेत स्थापना हुन लागेको जानकारी दिँदै यसबाट नगरका युवाहरु थप लाभान्वित हुने बताए । यस्तै प्रशिक्षक रचना पण्डितले तालिम लिएरमात्रै नहुने भन्दै यसलाई तत्काल कार्यान्वयनमा लैजान आग्रह गरिन् । कार्यक्रममा तालिममा सहभागीहरुको तर्फबाट सन्जोग गौतमले तालिम फलदायी भएको भन्दै यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए ।


नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालका अनुसार तालिमपछि युवाहरुले बिजनेश प्लान तयार गर्ने र त्यसैको आधारमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन पहल गर्ने खनालले जानकारी दिएका छन् । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्