28.1 C
Kathmandu

भिडियोआर बि लामा वाङ्देनको 'म्हेन्दो ज्यबा पाटोला' सार्बजानिक (भिडीयो सहित)

आर बि लामा वाङ्देनको ‘म्हेन्दो ज्यबा पाटोला’ सार्बजानिक (भिडीयो सहित)

४ माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– संक्रान्ति/मकर संक्रान्ति/तोल ल्होसारको पावन अवसरमा तामाङ समुदायको महान् पर्ब सोनाम ल्होसार २८५७ औं लङ् ल्हो (गोरु बर्ग) को उपलक्ष्यमा फस्ट स्टेप ग्रुप प्रोड्क्सन Damizz Nuwakot को चौथो प्रस्तुति गायक आर बि लामा वाङ्देनको तामाङ टिपिकल म्हेन्दोमाया गीत ‘म्हेन्दो ज्याबा पाटोला’ Damizz Nuwakot Youtube च्यानल मार्फत सार्बजनिक भएको छ ।

यस गीतमा स्वर आर बि लामा वङ्देन र टिकामाया चोथेनको रहेको छ भने शब्द/संगीत आर बि लामा वाङ्देनकै रहेको छ । भिडियोमा माया थोकर तामाङ र नरेन लामा ब्लेन्देनलाई मुख्य अभिनयको रुपमा देख्न किनेछ ।

गीतमा सल्यान,कास्की, भदौरे देउराली, पामे पोखरा जस्ता रमणिय ठाँउहरुका दुश्यहरु हेर्न सकिनेछ । तामाङ म्हेन्दोमाया टिपिकल भएको कारण पोखरा जस्तो रमणीय ठाँउमा छायांकन गरिएको भएता पनि गाउँ घरकै जीवन शैली र बाताबरणलाई सिमित बनाएर छायांकन गरिएको छ ।

उक्त गीतको म्युजिक भिडियो हेर्नको लिंकमा जानुहोस ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्