22.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा यसै बर्ष थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने

नमोबुद्धमा यसै बर्ष थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने

०१ माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– सबै वडामा सुविधासम्पन्न कार्यालय स्थापना गर्ने नीतिअनुसार नमोबुद्ध नगरपालिकामा चालु आर्थिक बर्षभित्र थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने भएका छन् ।

वडा कार्यालय निर्माणका लागि नगरपालिकाले निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ । नयाँ निर्माण हुने पाँचवटा भवनमध्ये चारवटा भवनका लागि सम्झौता सम्पन्न भइसकेको छ । वडा नं. २, ७, ९ र १० को भवन निर्माणका लागि सम्झौता सम्पन्न भएको हो । वडा नं. ८ को भवन निर्माणको सम्झौता हुन बाँकी छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र भवन निर्माणका लागि ठेक्का प्राप्त निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिबीच सम्झाता भएसँगै अव वडा कार्यालय निर्माणको कामले तीब्रता पाउने नगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्ययोजनाअनुसार तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

वडा कार्यालय निर्माणका लागि वडा नं २ र ७ मा सिद्धिविनायक निर्माण सेवा धुलिखेलले ठेक्का प्राप्त गरेको छ । यस्तै वडा नं. ८ का लागि एक्सन पी कन्स्ट्रक्सन, ९ का लागि जानुका निर्माण सेवा र १० का लागि युनिक बिल्डर्सले ठेक्का प्राप्त गरेका छन् । वडा नं. २ का लगि ४० लाख ७४ हजार ५ सय ७१, ७ का लागि ४० लाख ८७ हजार ६ सय ८५, ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ र १० का लागि ४३ लाख २६ हजार ९ सय ७० रुपैयाँमा (भ्याटबाहेक) ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण सुरु भएका वडा नं. ३, ६ र ११ का कार्यालय भवन निर्माणको कामसमेत यसै आर्थिक बर्षभित्र सकिनेछ । बाँकी वडाका लागि आगामी आर्थिक बर्षभित्र भवन निर्माण गर्ने लक्ष्य राखिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।
नगरपालिकाका सबै वडामा एउटै डिजाइनको भवन निर्माण हुने इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिनुभएको छ । भौतिक पूर्वाधार सम्पन्न भएमात्रै सेवाग्राहीलाई सहजरुपमा सेवा दिन सकिने भएकाले नगरको प्रशासकिन भवन र वडा कार्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माणलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको थियो ।

त्यसमध्ये वडा नं. २, ३, १० र ११ मा स्वास्थ्य चौकी भवन निर्माणको कामसमेत अन्तिम चरणमा पुगिसकेको छ । यस्तै प्रमुख प्रशासकीय भवन आगामी तीन महिनाभित्र पूर्णरुपमा निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको १४ महिनामै प्रमुख प्रशासकीय भवन दुई तल्ला निर्माण सम्पन्न गरी नयाँ र सुविधासम्पन्न भवनबाट सेवा प्रदान गरिरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्