26.1 C
Kathmandu

ब्रेकिङ समाचारदर्शन लामाको 'माया अमर रहोस' सार्वजनिक(भिडियो सहित)

दर्शन लामाको ‘माया अमर रहोस’ सार्वजनिक(भिडियो सहित)

२२ पौष २०७७
काठमाडौँ
। यो चिसो मौसममा युगल प्रेमीहरु आँखामा आँखा जुधाउंदै नसालु प्रेमको अंगालोमा बेरिएर भनिरहन्छ “माया अमर रहोस्” । छाडी म जान्छु तिमी रोइ बस्नु यो चिसोमा प्रेमीकालाई धम्की दिन्छन् तर प्रेमी भन्छन् “माया अमर रहोस्” ।

बाल्यकाल देखि प्रेममा बाँधिएका धेरै प्रेम जोडीहरुको सपना पुरा भयो या भएन तर दर्शन लामा र निकिता थापाले माया अमर रहोस् भन्दै यो पौष महिनाको चिसो कटाउने बिचार गरिसकेका छन् ।

करिब एक वर्ष पहिले नै “जाऊ हिड मैच्याङ” सेलो गीत मार्फत गायकको परिचय दिइसकेका दर्शन लामाले आईतवार Darshan Lama Official Youtube Channel मार्फत ‘माया अमर रहोस’ नेपाली प्रेम गित बजारमा सार्वजनिक गरिएको छ । प्रतिक्षा पौडेलको शब्द संगित रहेको उक्त गितमा दर्शन लामा र निकिता थापाको सुमधुर आवाज सुन्न सकिन्छ भने भिडियोमा माया पिरतीका कृयाकलापहरुलई सरल ढंगले प्रस्तुत गरिएको देख्न सकिनेछ ।

“माया अमर रहोस्” म्यूजिक भिडियोको छोटो कथा हो । गायक दर्शन लामाले नेपाली संगीत बजारको भीडमा दोस्रो पटक “माया अमर रहोस्” म्यूजिक भिडियो लिएर आएको छ ।

स्कुलमा अध्ययन गर्दा देखिको प्रेमीको माया कस्तो हुन्छ भन्ने यो म्युजिक भिडियोबाट देखाउन खोजिएको छ भने प्रेममा जात र थर हुँदैन भन्ने सन्देश पनि दिन खोजिएको छ ।

नुवाकोटमा जन्मेको दर्शन लामा काठमाडौँको कोलाहल भित्र गायक भन्ने सपना बुनि रहेका छन् । उनको सामु चुनौतीको पहाड उभिरहेको छ । त्यसलाई पार गर्न सकिन्छ या सकिदैन भन्ने जिम्मा भने गितसंगितका पाराखी दर्शक श्रोताको हातमा रहेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्