27.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रधानमन्त्रीको कदम बाध्यात्मकः शंकर पोखरेल

प्रधानमन्त्रीको कदम बाध्यात्मकः शंकर पोखरेल

६ पौष २०७७
काठमाडौ
–नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न संसद विघटन र मध्यावधि निर्वाचन घोषणा भएको स्पष्टिकरण दिएका छन् ।

आइतबार साँझ फेसबुकमा उनले संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाऊ गरेका छन् । पार्टीमा प्रधानमन्त्रीविरुद्ध संगीन आरोपसहितको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्तावको चलखेल भएको उनले बताएका छन् ।

‘पार्टी एकताको मर्म विपरीतको समीकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो’ उनले भनेका छन् ।

पोखरेलले पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको भन्दै यस्तो अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिने उल्लेख गरेका छन् । उनले सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्‍याउने भन्दै गम्भीर र जिम्मेवार बन्‍न सुझावसमेत दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्