17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको चौंरीदेउरालीमा भैंसी सुत्केरी भत्ता वितरण, खुशी भए किसान

काभ्रेको चौंरीदेउरालीमा भैंसी सुत्केरी भत्ता वितरण, खुशी भए किसान

५ पौष २०७७
काठमाडौ
–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा किसानहरुलाई ‘भैंसी सुत्केरी भत्ता’ वितरण गर्न थालेको छ । ‘किसानसँग गाउँपालिका’ अन्तर्गत गाउँपालिकाले भैंसी पालक किसानहरुालई भैंसी सुत्केरी भत्ता वितरण गर्न थालेको हो ।

शुक्रबार चौंरीदेउराली गाउँपालिका वडा नं. ६ र ८ मा भैंसी सुत्केरी भत्ता वितरण गरेको छ । सुत्केरी भएपछि प्रत्येक भंैसीले १५ सय रुपैयाँका दरले भत्ता पाउने व्यवस्था गाउँपालिकाले गरेको छ ।
भत्ता वितरण गर्नेक्रममा आज वडा नं. ६ का ८० जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको छ । भत्ता वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारकुमारी चौंलागाईं, वडा अध्यक्ष रेशम चौंलागाईं, प्राविधिक सल्लाहकार अञ्जीत गौतम लगायतका सहभागीता रहेका थिए ।

त्यसैगरि वडा नं. ८ मा आज ३४ जना भैंसीपालक किसानहरुले भैंसी सुत्केरी भत्ता पाएका छन् । ‘किसानसँग गाउँपालिका कार्यक्रम अन्तर्गत किसानहरुलाई प्रोत्साहन स्वरुप भैंसी सुत्केरी भत्ता आज ३४ जना किसानलाई वितरण गरेका छौं ।’ वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले भने, ‘भैंसी सुत्केरी भत्ता प्रति किसान १५ सयका दरले वितरण गरेको छौं ।’
यस अघि वडा नं. ५ का १ सय ८० किसानहरुलाई भैंसी सुत्केरी भत्ता वितरण गसिकेको छ ।

किसानलाई सहयोगको लागि भैंसीपालक किसान घुम्ती कोष
वडा नं. ८ मा किसानहरुलाई भैंसी किन्न सहयोग पुगोस भनेर भंैसीपालक किसान घुम्ती कोष स्थापना समेत गरेको छ । वडा अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७४।७५ मै वडाले ५ लाख रुपैयाँको उक्त कोष खडा गरेका थिए । सो कोष मार्फत यस वडाका भैंसीपालक किसानले ६ देखि ८ महिनाको लागि भैंसी किन्न आधा रकम निव्याजी ऋण पाउने गरेको उनले बताए ।
‘आर्थिक वर्ष २०७४।०७५ मै हामीले ५ लाख रुपैयाँको भैंसीपालक किसान घुम्ती कोष खडा गरेको थियौं । यस कोषबाटै भैंसीको १ लाख बराबर निःशुल्क वीमा गरेका थियौं ।’ वडा अध्यक्ष तामाङले भने, ‘सोही कोष मार्पmत भैंसी किन्न निव्र्याजीमा ऋण दिने गरेका छौं । विपन्न किसानलाई कोषबाट ५० प्रतिशत निव्याजी ऋण प्रदान गर्छौं । सो ऋणको अबधि ६ देखि ८ महिना हुनेछ ।’


सो रकम किसानबाट दूध बेच्ने दूध डेरी मार्फत सो रकम मासिक रुपमा घुम्ती कोषमा फिर्ता गर्नुपर्ने प्राब्धन राखेको छ । किसानको आवश्यकता माग अनुसार सो रकम अन्य किसानलाई दिने गरेको बताउँदै तामाङले घुम्ती कोष मार्फत किसानले ३५ हजार रुपैयाँ देखि ५५ हजार रुपैयाँ सम्म निव्र्याजी ऋण पाउने गरेको जानकारी दिए ।
यसैबीच सो कोषमा चालु आर्थिक वर्षमा वडाले १ लाख ५० हजार रुपैयाँ थप गरेको वडा अध्यक्ष तामाङले बताए । उनका अनुसार हालसम्ममा सो वडाका १३ जना किसानहरु भैंसीपालक घुम्ती कोषबाट लाभान्वीत भएका छन् ।

भैंसी पालक किसानहरुलाई भैंसी सुत्केरी भत्ता र भैंसी पालक घुम्ती कोष मार्फत सेवा पाउँदा खुशी भएका छन् । किसानसँग गाउँपालिका कार्यक्रम अन्तर्गत किसानले भैंसी सुत्केरी भएको १५ दिन भित्रमा गाउँपालिकामा जानकारी दिनुपर्ने व्यवस्था छ । गाउँपालिकाले यो कार्यक्रमको लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए । किसानसँग गाउँपालिका कार्यक्रम सबै वडामा सञ्चालन भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्