०३ पौष २०७७
काठमाडौ–सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।
यस अघि यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।