18.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशीमा भुकम्पबाट क्षतिग्रस्त विद्यालयले पायो नयां रुप,सांसद बमध्वजद्वारा उद्घाटन

रोशीमा भुकम्पबाट क्षतिग्रस्त विद्यालयले पायो नयां रुप,सांसद बमध्वजद्वारा उद्घाटन

२६ मंसिर २०७७
काठमाडौ
–बिनाशकारी महाभूकम्पका कारण क्षतिग्रस्त भएको काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ४ महादेबटारमा रहेको जोगेश्वर माध्यमिक विद्यालयको नव निर्मित भवन उद्घाटन भएको छ । संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले एक कार्यक्रमका बीच बबुधवार उद्घाटन गरेका हुन् ।
नव निर्मित २२ कोठे भवनको उद्घाटन गरेसँग डि.एल.पि.यु.का ईकाई प्रमुख देव कुमार बरालले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमान सिं लामा र प्रधानाध्यापक अम्बिका प्रसाद दाहाललाई विद्यालयको चावी हस्ताण्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले विद्यालय भवन बनेकोमा खुसी व्यक्त गर्दै विद्यालय भवन मात्रै ठुलो भएर नहुने बताए । आज विद्यार्थीहरुले भयरहित, भुकम्प प्रतिरोधी नयाँ भवन पाएको छ । मलाई खुशी लागेको छ । तर विद्यालय भवन मात्र राम्रो बनेर हुँदैन । विद्यार्थीहरुको उज्वल भविष्यको निमित्त गुणस्तरी शिक्षा प्रदान गर्नु पर्ने हुन्छ ।’ उनले भने, ‘भवनमात्रै ठूलो भएर गुणस्तरीय शिक्षा भएन भने कुनै अर्थ हुँदैन, त्यसैले गुणस्तरीय शिक्षा प्रदान हुनेमा म विश्वस्त छु ।’

बमध्वजले दुई तिहाई बहुमतको सरकार भनेर जिब्रोमा झुन्डिएको बताउँदै झन्डै ४० करोड बजेट बिनियोजन गर्दा पनि दुई तिहाईले केहि गरेन भनेर भन्न नसुहाउँने बताए । बिकास निर्माण, उन्नती प्रगती दुई तिहाईको कम्युनिष्ट सरकारले मात्र गर्ने बताउँदै कोहि जनता भ्रममा नपर्न समेत उनले आग्रह गरे ।
यस्तै प्रदेश सभा सदस्य चन्द्र लामाले बिकासको दृष्टिकोणमा पछि परेको स्थान महादेबटारमा सुबिधा सम्पन्न विद्यालय भवन बनेको प्रति खुसी व्यक्त गर्दै आगामि दिनमा बालबालिकाको शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिए । यस क्षेत्रमा आवश्यक पर्ने पर्याप्त बजेट पठाउन नसकेको स्विकार गर्दै उनले आफ्नो कार्यकालमा विभिन्न आयोजना भित्राउने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै रोशी गाउँपालिका वडा नं ४ का अध्यक्ष तेज बहादुर राणा मगरले विद्यालय विशुद्ध ज्ञान हाँसिल गर्ने थलो भएका कारण राजनिति गर्न नहुने बताए । विद्यालय निर्माणमा गाउँपालिकाले र वडाले सदैब साथ दिँदै आएको बताउँदै उनले जनप्रतिनिधि भएपछि पार्टी हेर्न नहुने र वडाको विकासमा गाउँपालिकाले र वडाले कुनै पनि कञ्जुसाँई नगरेको बताए ।
विद्यालयको निमित्त नेपाल सरकारको १७.६० प्रतिशत, वैदेशिक ऋण ७४.९० प्रतिशत र वैदेशिक सहायता ७.५० प्रतिशत गरी जम्मा ६ करोड ४ लाख २८ हजार लागतमा निर्माण सम्पन्न भएको प्रधानाध्यापक अम्बिका प्रसाद दाहालले जानकारी दिए । यस नव निर्मित भवन बालमैत्री अपाङ्गमैत्री रहेको छ । २०१६ सालमा प्रा।वि।, २०४९ मा निमावि हुँदै २०६५ बाट मावि भएको यस विद्यालयमा अब १२ कक्षा सम्म पठन पाठन गराउन पहल भईरहेको प्रधानाध्यापक दाहालले बताए । उनले विद्यालयलाई आवश्यक पर्ने भवन पर्याप्त भएपनि शिक्षकको दरबन्दी कम भएको गुनासो गरे । विद्यालय निर्माणको निमित्त स्थानिय राम सुन्दर श्रेष्ठले जग्गा दान गरेका थिए ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य दैवलाल घिसिङ, युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष अमित लामा, नेकपा नेतृ बविता बोहरा, पुर्व विद्यायल व्यवस्थापन समितिका अध्यक्ष नरमान लामा, पुर्व गाविस सचिव पदम शंकर गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य भगवान तामाङ, शिक्षक अभिभावक संघका सदस्य जगतमान लामा लगायतले मन्तव्य राखेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्