27.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्ध नगरपालिकाले थाले बजार अनुगमन, म्याद नाघेका सामाग्री जफत

नमोबुद्ध नगरपालिकाले थाले बजार अनुगमन, म्याद नाघेका सामाग्री जफत

२३ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
– काभ्रेको नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डे बजारका होटल तथा पसलहरु नगरपालिकाले बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको संयोजकत्वमा गठन गरिएको बजार अनुगमन समितिले सोमबार नमोबुद्ध २ र ७ मा पर्ने भकुण्डे बजारका विभिन्न पसल व्यवसायको अनुगमन गरेको होे । समितिले चारवटा होटल, तीनवटा किराना पसल, दुईवटा मासु पसल, एउटा फलफूल पसल तथा एउटा होटल एवं किराना रहेको संयुक्त पसलको अनुगमन गरेको थियो । सो क्रममा अधिकांश पसलमा एउटै कम्पनीका म्याद नाघिसकेका पेय तथा खाद्य पदार्थ राखिएको पाइएको थियो । म्याद नाघेका सामग्री ती पसलबाट जफत गरिएको छ ।

अनुगमनको क्रममा अधिकांश होटलमा वातावरणमैत्री सूचक पुरा नगरिएको, मुल्य सूची नराखिएको सरसफाइको अवस्था नाजुक रहेको पाइएको छ । अनुगमन समितिले जफत गरेका बिस्कुट, जुस लगायतका सामग्री सम्वन्धीत व्यवसायीको रोहबरमा उत्पादक कम्पनीलाई फिर्ता गर्ने गरी अहिले आफ्नो मातहतमा राखेको छ भने उच्चस्तरीय अनुगमनसहित कार्बाही प्रक्रिया अघि बढाउन सम्वन्धीत निकायमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । अनुगमन गरिएका मध्ये कतिपय व्यवसाय दर्ता एवं नवीकरणसमेत नगरी सञ्चालन गरिएको पाइएको छ । दर्ता र नवीकरण नभएका पसल व्यवसायलाई तत्काल सम्वन्धीत निकायमा दर्ता गर्न निर्देशन दिइएको छ ।

अनुगमन समितिमा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका प्रतिनिधि, प्रहरी लगायत रहेका छन् । सोमबार पहिलो चरणमा प्रतिनिधिमुलक रुपमा बजार अनुगमन गरिएको र आगामी दिनमा अनुगमन कार्यलाई नियमितरुपमा निरन्तरता दिने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्