28.1 C
Kathmandu

ब्रेकिङ समाचारलोकसेवा आयोगको साइटबाट भ्रमक जानकारी सम्प्रेषण गरेको आरोपमा ३ पक्राउ

लोकसेवा आयोगको साइटबाट भ्रमक जानकारी सम्प्रेषण गरेको आरोपमा ३ पक्राउ

२३ मंसिर २०७७
काठमाडौ
–लोकेसेवा आयोगको साइटबाट भ्रामक जानकारी सम्प्रेषण गरेको आरोपमा प्रहरीले काठमाडौं र कास्कीबाट ३ जनालाई पक्राउ गरेको छ । आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले इकान्तिपुरलाई बताए ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका(९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ ।

लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो । ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ुह्याकर्स हन्टु नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्