8.1 C
Kathmandu

ब्रेकिङ समाचारसरकारले बेहोर्ने भयो काँग्रेस सांसद मीन विश्वकर्माको उपचार खर्च

सरकारले बेहोर्ने भयो काँग्रेस सांसद मीन विश्वकर्माको उपचार खर्च

०४ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कात्तिक २४ गतेबाट विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ भने पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्