18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाली कांग्रेसका उपसभापति, वडाध्यक्षको उम्मेद्धार सहित १६८ जना नेकपामा प्रवेस (भिडियो सहित)

नेपाली कांग्रेसका उपसभापति, वडाध्यक्षको उम्मेद्धार सहित १६८ जना नेकपामा प्रवेस (भिडियो सहित)

२६ कार्तिक २०७७
काठमाडौ
–काभ्रे जिल्लाको महाभारत गाउंपालिकामा १६८ जनाले नेपाली कांग्रेस परित्याग गर्दै नेकपामा प्रवेस गरेका छन् । मंगलवार महाभारत गाउंपालिकामा आयोजित चियापान, शुभकामना आदनप्रदान तथा पार्टी प्रवेस कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सह ईन्चार्ज हित बहादुर तामाङले टिका र खादा लगाई नेकपामा प्रवेस गराएका हुन् ।

नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रेवश हुनेमा गत स्थानीय तहमा नेपाली कांग्रेसबाट वडाध्यक्षका लागि उम्मेद्धार समेत रहेका पदम ध्वोज तामाङ, १० बर्ष सम्म प्रधानपन्च चलाएका शम्भु कुमार राणा, वडा उपसभापति कुलमान घिसिङ लगायत १६८ जना मंगलबार नेकपामा प्रवेस गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सह ईन्चार्ज हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व उर्जाराज्यमन्त्री तथा नेकपाका बाग्मती प्रदेश सचिवालय सदस्य सुर्यमान दोङ, नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाई, सचिव टोक बहादुर वाईबा, माननीय रत्न ढकाल, प्रदेश कमिटि सदस्य ईन्द्र बहादुर थिङ, जिल्ला कमिटि सदस्य इन्द्र तामाङ, महाभारत गा.पा.का अध्यक्ष कान्छालाल जिम्बाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेसको निती बिचार मन नपरेर नेकपामा प्रवेश गर्नेको भिड् नै लागेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि हित बहादुर तामाङलले नव प्रवेशी सम्पूर्णलाई समृद्धिको अभियानमा जोडीएकोमा हार्दिक स्वागत तथा बधाई व्यक्त गर्दै पार्टीले उचित जिम्मेवारी समेत दिने कुरा व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नेकपामा सामान्य विवाद हुंदा तपाईहरु विचलित नहु्नु । पार्टी भित्र विवाद हुन्छ, अन्तरविरोधहरु हुन्छन् तर तपाईहरु ढुक्का हुनुस नेकपा एकताबद्ध भएर अगाडि बड्नेछ भनेका थिए ।

नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेस भए पस्चात नेकपामा जोडिनुका कारणहरु उल्लेख गर्दै नव प्रवेसिका सबैले एकै आवाजमा भनेका थिए नेपाली कांग्रेसमा धेरै बर्ष संघर्ष गर्दै आएकोमा आज ती सबै संघर्षहरु समृद्धिका निम्ति त्यागेर नेकपमा प्रवेश गरेका हौं । नेपालीहरुको महान चाड दशैं र तिहार गरी दुई वटा रहेकोमा आज महाभारतमा नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्न पाउनु अर्को महत्वपूर्ण पर्वको रुपमा लिएको कुरा समेत व्यक्त गरेका थिए । आज हामी बिकासको पक्षमा छौं,समृद्धिका पक्षमा छौं तसर्थ नेकपाको साथामा रहेका छौं । नेकपासंग एक्यबद्ध रुपमा तनमन बचनका साथ महाभारतलाई समृद्धि बनाउने अभियानमा जोड्ने कुरा समेत व्यक्त गेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्