23.1 C
Kathmandu

ब्रेकिङ समाचारआफ्नो घर र समुदायमा जनचेतना जगाउन पाँचखालका विद्यार्थी र शिक्षकलाई १५ दिन...

आफ्नो घर र समुदायमा जनचेतना जगाउन पाँचखालका विद्यार्थी र शिक्षकलाई १५ दिन विदा

३० असोज २०७७
काठमाडौ
-पाँचखाल नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कात्तिक १ देखि १५ गते सम्म विदा दिने निर्णय भएको छ । यो अवधिमा पाँचखाल नगरपालिकामा रहेका सबै विद्यालयका विद्यार्थी र शिक्षकहरुले विदाको अवधिमा आफ्नो घर र समुदायमा भने जनचेतना फैलाउनुपर्ने छ ।

नगर शिक्षा शाखाका प्रमुख दिनानाथ पन्थीका अनुसार कात्तिक १ गते बाट पाँचखालका सबै विद्यालय १५ गते सम्म बन्द हुने र त्यो अवधिमा शिक्षक र विद्यार्थीहरुले आफु, आफ्नो घर र समुदायमा कोरोना बारे जनचेतनामुलक काम गर्नुपर्ने जानकारी दिए । नगरपालिकामा शिक्षा शाखा, प्याब्सन, शिक्षक महासंघ तथा स्वास्थ्य शाखाको सहभागितामा भएको बैठकले विद्यालय बन्द हुने एक दिन अघि सबै विद्यालयका शिक्षकर विद्यार्थीलाई जनचेतनामुलक स्वास्थ्य सुरक्षाका उपायबारे जानकारी गराउने र उनीहरुले आफ्नो घर र समुदायमा गएर स्वास्थ्य सुरक्षाबारे जानकारी गर्ने निर्णय भएको छ ।

नगरप्रमुख महेश खरेलले दशैको बेलामा समुदायमा धेरै व्यक्तिहरुको आउजाउ हुने भएकोले केहि हद सम्म भएपनि सुरक्षाबारे जनचेतना फैलाउन सकिन्छ की भनेर विद्यार्थी र शिक्षकलाई स्वास्थय सुरक्षाबारे जानकारी दिएको जानकारी दिए । यो १५ दिनको अवधिमा शिक्षक र विद्यार्थीले आफ्नो घरको सरसफाई, व्यक्तिगत सरसफाई, समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम, धेरै भेटघाट नगर्ने बाताबरण बनाउन सहजीकरण गर्नेछन् । साथै विद्यार्थीहरुले कोरोनाबाट बच्नको लागि निर्वाह गर्नुपर्ने भूमिकाको वारेमा सचेत गराउने साथै शिक्षकहरुले विद्यार्थीहरुको निगरानि राख्ने लगायतका कार्य हुनेछन् ।

पाँचखालमा विद्यार्थीहरुको पठन पाठनमा कुनै समस्या नपरोस भन्दै असोज ४ गते बाट सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामाग्रीको उचित प्रयोगको साथमा सुरक्षीत तरिकाले विद्यालय संञ्चालन भएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्