27.1 C
Kathmandu

ब्रेकिङ समाचाररहस्यमय मृत्यु भएको सिंजालीको शरीरमा चोटैचोट, प्रहरीले थाल्यो अनुसन्धान

रहस्यमय मृत्यु भएको सिंजालीको शरीरमा चोटैचोट, प्रहरीले थाल्यो अनुसन्धान

२३ असोज २००७७/छेडुप तामाङ
काठमाडौ
–असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भई १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक युवकको मृत्यु भएको थियो । मृत्यु हुनेमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजाली थिए । सिंजाली लकडाउन हुनुभन्दा केही समयअघि विदेशबाट छुट्टीमा गाउँ आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।

उक्त रहस्यमय घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताएको छ । “अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उनले भने, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चोट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।”

अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुई–दुई वटा करङ भाचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको थियो । बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्