30.1 C
Kathmandu

ब्रेकिङ समाचारअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नमोबुद्ध ११ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम...

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नमोबुद्ध ११ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

१५ असोज २०७७

काठमाडौ–अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.११ मा जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ११ ले आयोजना गरिएको उक्त कार्यक्रममा वडा नं.११ का सय भन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै छाता, हर्लिकस्, माक्स, साबुन, सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

वडा नं.११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगरप्रमुख टिपी शर्मा तिमल्सिना, अतिथीका रुपमा नगरका प्रमुख प्रशासकीय अधिकृत लगायतका उपस्थितिमा आज सम्पन्न कार्यक्रममा कपाल सेत्तै फुलेका बुवा आमाहरुले आफुहरु यसरी सम्मानीत भएको खुशी व्यक्त गरेका थिए ।

साठी देखी सय बर्ष उमेर समुहका जेष्ठ नागरिकसँग मेयर तिमल्सिनाले उहाँहरूको सन्चो बिसन्चो मात्रै सोध्नुभएन, आँखा कमजोर भएकाहरूलाई चाँडै गाउँमै शिविर सञ्चालन गरेर अप्रेसन गर्ने बाचा पनि गर्नुभयो । जेष्ठ नागरिक भेटघाट तथा कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले आफू जेष्ठ नागरिकलाई सम्मान मात्र नभई आशिर्वाद लिन आएको वताउनुभयो । आफुलाई गलत मार्गमा नलाग्न आशीर्वाद दिन उहाँले कार्यक्रममा भेला हुनुभएका आमाबुबालाई आग्रह गर्नुभयो । घरमा छोराछोरीले हेरेका छन् कि छैनन् रु खाना रुच्छ कि रुच्दैनरु निद्रा पर्छ कि पर्दैन भन्दै नगर प्रमुखले सोध्दा कार्यक्रममा उपस्थित जेष्ठ नागरिक खुशी देखिए । नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरका सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको कार्यक्रम अघि बढाएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अहिलेको पुस्ताले लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न योजना र कार्यक्रम तर्जुमा गरेको पनि बताउनुभयो । यस्तै वडा अध्यक्ष कृष्णबहादुर तामाङले वडाका जेष्ठ नागरिकलाई भ्रमण गराउने उद्देश्य रहे पनि कोरोना महामारीका कारण अहिले भ्रमण गराउन नसकिएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई वडाले समयसमयमा सम्मान गर्दै आएको र आगामी दिनमा पनि सम्मान गर्ने वताउनुभयो ।

११ नं. वडाका वडासदस्य ले स्वागत मन्तव्य राख्दै भवमान तामाङले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडावासी जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दैै जेष्ठ नागरिकहरुलाई उपेक्षीत गर्न नहुने कुरा व्यक्त गरेका थिए भने वडा सचिव शंकर भट्टराईका अनुसार वडामा रहेका १ सय ५४ जना जेष्ठ नागरिकमध्ये कार्यक्रममा सय भन्दा बढीलाई सम्मान गरिएको छ भने बाँकीलाई घरमै पुगेर सम्मान गरिने कुरा व्यक्त गरे ।

भिडियो सहितको सामग्री आउन बांकी रहेको हुंदा प्रतिक्षा गर्नुहोला ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्