17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा आफ्नै जेठाजुले बन्चरो प्रहार गरी बुहारीको हत्या, बन्चरो सहित हत्यारा प्रहरीको...

काभ्रेमा आफ्नै जेठाजुले बन्चरो प्रहार गरी बुहारीको हत्या, बन्चरो सहित हत्यारा प्रहरीको नियन्त्रणमा

१८ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं
–काभ्रेमा आज एका बिहानै आफ्नै जेठाजु बाट बुहारीको हत्या गरिएको छ । घटना काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ साबिकको वडा नं. ७ मा घटेको हो ।

अन्दाजी ४२ बर्षको जेठाजु सुदर्शन अधिकारीले बर्ष ३७ का रन्जना अधिकारीको आज बिहान ६ः३० बजेतिर बन्चरो प्रहार गरि हत्या गरेको खुलासा भएको छ । घरायासी अंश बन्डको बिषयमा बिवाद भए पश्चात बुहारीको हत्या गरिएको प्ररम्भिक अनुशन्धान बाट खुलाशा भएको छ । घरमा यो भन्दा अगाडि पनि पटक पटक बिवाद हुंदै आएको पनि पारिवारिक श्रोतबाट खुलेको छ ।

हत्यामा संलग्न सुदर्शन अधिकारी प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतकको लाश संगै हत्या गर्न प्रयोग गरिएको बन्चरो समेत प्रहरीले बरामद गरि गरि धुलिखेल ल्याउने तयारी रहेको वडाध्यक्ष शेर बहादुर तामाङ नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो ।

प्रहरिको ठाउँमा प्रही हुन गएकोमा माफी चहान्छौं।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्