17.1 C
Kathmandu

ब्रेकिङ समाचारउपत्यकामा पुनःभदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, निषेधाज्ञाको स्वरुप परिवर्तन

उपत्यकामा पुनःभदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, निषेधाज्ञाको स्वरुप परिवर्तन

१७ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं
–काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको आज अन्तिम दिन फेरि एक हप्ताको लागि समयावधि थप गरे संगै अब उपत्यकाभित्र भाद्र २४ गते सम्म निषेधाज्ञा लागु हुने भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज निषेधाज्ञाको समयावधि थप गरे संगै यसको स्वरुप भने परिवर्तन गरिएको छ ।

अब उपत्यकाभित्र निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको टेक अवे सेवालाई भने खुल्ला गर्ने निर्णय भएको बताइएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ भने अन्य छुट गरिएका सेवाबारे सूचना जारी गरेर जानकारी दिने श्रोतले बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्