29.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौंमा २० वर्षीया युवती सहित दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा २० वर्षीया युवती सहित दुई जना कोरोना संक्रमितको मृत्यु

१७ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध रहेको अस्पतालका श्रोतले जनाएको हो ।

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन् भने काठमाडौंका वृद्ध रक्तचापको समेत रोगी रहेकोले उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो । उनी १५ गते अस्पताल भर्ना भएका थिए ।

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्