19.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु

कोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु

१६ भाद्र २०७७
काठमाडौं
–नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा पूर्वन्यायाधीश चालिसेको निधन भएको हो । ७० वर्षीय पूर्वन्यायाधीश चालिसे ५ दिनदेखि गंगालाल हृदयरोग केन्द्रमा उपचाररत थिए भने उपचारकै क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, कोरोना संक्रमणबाट केन्द्रीय कारागार सुन्धाराका १ कैदीको मृत्यु भएको छ भने चितवनमा कोरोनाकै कारण १८ वर्षीया युवती सहित ४ जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाकी १८ वर्षीया युवती, ६५ र ७८ बर्षीय २ पुरुष र खैरहनी नगरपालिकाकी ५५ वर्षीया महिला रहेका छन् ।


कोरोनाबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ५३ वर्षीय पुरुष र बाराको कोल्भी गाउँपालिकाका ६० वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्