30.1 C
Kathmandu

ब्रेकिङ समाचारगाउँपालिका अध्यक्षले पारिवारिक रुपमै ५ लाखको कोष स्थापना

गाउँपालिका अध्यक्षले पारिवारिक रुपमै ५ लाखको कोष स्थापना

१० भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–कभ्रेको रोशी गाउंपालिकाका अध्यक्ष डि.बी.लामाले दीर्घ रोगको उपचारका लागि सहयोग गर्ने उद्देश्यले ५ लाखको कोष स्थापना गरिने भएको छ । बुधवार अध्यक्ष लामाको ४७ औं जन्मोत्सवको अबसरमा आफ्नै बाबु आमाको नामबाट ५ लाखको कोष स्थापना गर्ने घोषणा गरेको हो ।

रोशी गाउंपालिकाका अध्यक्ष लामाका अनुसार क्यान्सर तथा मृगौला पिडित जस्ता अन्य गम्भिर प्रकृतिका रोग लागेका ब्यक्तिहरुको उपचारका लागि सहयोग उपलब्ध गर्नेे उदेश्यका साथ “देवि सिंह चन्द्र कुमारी”ट्रष्ट स्थापना गरिने भएको हो । कोषको संरक्षण अध्यक्ष लामाको सपरिवारकै रहनेछ भने कोष स्थापनाका लागी परिवारका सबै सदस्यहरुको समेत सहयोग रहने अध्यक्ष लामाले बताएको छ ।

रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका रोग लागेका नागरिकहरुका लागि यातायात खर्च वापत २५ हजार रकम उपलब्ध गराउँदै आएको छ र गाउँपालिकाले सिमित क्षेत्रका नागरिकहरुका लागि मात्रै सेवा उपलब्ध गराउन सक्ने भएकाले जिल्ला भरका नागरिकहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले नै पारिवारिक रुपमा कोषको स्थापना गरिएको अध्यक्ष लामाले जानकारी दिएको हो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्