26.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोनाले काठमाडौमा एक र महोत्तरीमा २ को ज्यान लियो, मृतकको संख्या १५८

कोरोनाले काठमाडौमा एक र महोत्तरीमा २ को ज्यान लियो, मृतकको संख्या १५८

०९ भाद्र २०७७
काठमाडौं
–काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचार भईरहेको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको रहेको छ ।

यसै गरि महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं.३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका वडा नं.३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो भने बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएको हो ।

यो सँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा संक्रमित संख्या ३२ हजार ६ सय ७८ पुगेको छ भने १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्