०९ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित ३ जना निको भएर घर फर्केका छन् । संक्रमित ३ जना नगरपालिकाकै जनक क्याम्पसको आईसोलेसनबाट निको भएर मंगलबार घर फर्केका हुन् ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118361809_937064013458876_2159756256673348831_n.jpg)
कोरोनासंग जित हांसिल गर्नेमा नमोबुद्ध नगरपालिका वडा नंं.५ का २ जना र वडा नंं.७ का एक जना हुन् । निको भएर घर फर्कने तिनै जना बिदेशबाट आएका हुन् । हालसम्म नगरपालिका भित्रको संक्रमित संख्या ५ रहेकोमा ३ जना निको भएर घर फर्केपश्चात बांकी २ जना उपचारको क्रममा रहेका छन् ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118286190_3329849203703726_4380362593719331143_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118286190_3329849203703726_4380362593719331143_n.jpg)
मंगलबार नगरपालिकाको नगर प्रमुख टंक प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, वडा नं. ४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्ले, वडा नं. ५ का वडाध्यक्ष बुद्ध सिं तामाङ र वडा नं. ७ का वडाध्यक्ष धर्म सिं लामा, नगर स्वास्थ्य शाखा प्रमुख राजु बोगटी, क्वारेण्टाईनका फोकल पर्सन शोभाकान्त आचार्य, स्थानीय व्यक्तित्वहरुका साथै अस्पतालका ड.राम शरण श्रेष्ठ लगायत अन्य स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कोरोना संग जित हांसील गरेकोमा तिनै जनालई खादा तथा टिका लगाई बिदाई गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118521873_725873081294001_1480440356681934886_n-1-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118521873_725873081294001_1480440356681934886_n-1-1.jpg)
बिदेशबाट आएर नगरपालिकाको क्वारेण्टाईनमा बस्दै आएका तिनै जनाको कोरोना पोजेटिभ देखीए पछि आईसोलेसनमा बस्दै आएका तिनै जनाको सोमबार कोरोना नेगेटिभ देखिएको हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118121271_625146888414324_1274240608186978096_n-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118121271_625146888414324_1274240608186978096_n-1.jpg)
यसरि कोरोना भाइरसको संक्रमण भए पनि उच्च मनोबलका साथ रोग संग लड्न सकेको खण्डमा कोरोना संग जित्न सकिने रहेछ भनेर नगरपालिकामा ३ जनाले प्रमाणित गरेर देखाएका छन् भने नगरबासीमा एक किसिमको कोरोना प्रतिको त्रासमा यो जितले राहतको अनुभुति संगै अनावश्यक डरबाट मुक्ति दिलाएको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118521873_725873081294001_1480440356681934886_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118521873_725873081294001_1480440356681934886_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118176443_655569108400485_7575763498374434751_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118176443_655569108400485_7575763498374434751_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118505774_958249537955564_8434239565626318862_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/08/118505774_958249537955564_8434239565626318862_n.jpg)