22.1 C
Kathmandu

ब्रेकिङ समाचारशब जलाएपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

शब जलाएपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

०६ भाद्र २०७७
काठमाडौं– सिरहाको मिर्चैया नगरपालिकामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
मधुमेह र उच्च रक्तचापका बिरामी रहेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषको बुधवार नै मृत्यु भएर अन्त्येष्टि गरिसकेका थिए ।

मंगलबार कोरोना परिक्षण गरिएको ६८ वर्षीय पुरुषको बुधवर मृत्यु भए पश्चात सामान्य तवरले अन्त्येष्टि गरिसकेकपछि शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको हो।

करिव ३०/३५ जनाको संख्यामा मलामी गएका सबैको पहिचान गर्दै प्रहरीले खोजी कार्य थालेको छ । मलामी गएका सबैको पहिचान गरिसकेपछि क्वारेनटाइनमा राख्ने तयारी भैरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्