25.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा कोरोना संक्रमित १७ बर्षिय युवतिको परिवारको परिक्षण नेगेटिभ्

नमोबुद्धमा कोरोना संक्रमित १७ बर्षिय युवतिको परिवारको परिक्षण नेगेटिभ्

०४ भाद्र २०७७ छेडुप तामाङ
काठमाडौं–
नमोबुद्धमा कोरोना संक्रमित १७ बर्षिय युवतिको परिवारको कोरोना परिक्षण नेगेटिभ् आएको छ । गत हप्ता काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.५ का एक युवतिलाई कोरोना पोजेटिभ देखिएको थियो । नमोबुद्ध नगरपालिकामा संक्रमित सबै जना बिदेश बाट आई क्वारेन्टाइनमा बस्दै आएकाहरु थिए भने १७ बर्षिय युवति घरमै बस्दै आएका थिए ।

युवतिलाई संक्रमण पुष्टि भएपछि युवतिको बुबा जो प्रत्यक्ष अस्पतालमा आफ्ना छोरीको स्वास्थ्य हेरचाह गर्दै आएका थिए । उनलाई पनि तुरुन्तै नगरपालिकाको क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गरेका थिए ।

बिरामी भएर उपचारको लागि अस्पताल लगिएको युवतिमा संक्रमण पुष्टि भएको खबर आए पश्चात समुदायमा एक किसिमको डर पैदा भएका थिए । संक्रमितको परिवारको नै कोरोना नेगेटिभ अएको छ तसर्थ अनावश्यक रुपमा डर त्रास नलिई सजग र संयमित रहि नगरपालिका र वडा कार्यलयबाट जारि सुचनाको पुर्ण पालना समेत गरिदिनुहुन वडाबासिलाइ अनुरोध गर्दै संक्रमित युवतिको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको वडाध्यक्ष बुद्ध सिंह तामाङले जानकारी दिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्