30.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा विभिन्न सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

काभ्रेमा विभिन्न सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

२ भदौ २०७७
धुलिखेल । कोरोना भाइरस संक्रमण दिनादिन बढ्दै गएपछि काभ्रेका विभिन्न कार्यालयको सेवाहरु बन्द हुने भएको छ । जिल्ला स्थित डिसीसीएमसीको बैठकले विभिन्न सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

आज मात्र धुलिखेलमा १३ जना कोरोना संक्रमित भेटेको र एकजना संक्रमित बृद्धको मृत्यु भएपछि विभिन्न विषयमा निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अुनसार कोभिड–१९ को संक्रमण जिल्लामा पछिल्लो समय तीब्र रुपमा फैलिदै गएको अवस्थालाई मध्यनजर गरीसमितिले अधिक सेवाग्राहीहरुको भीडभाड हुने कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । निर्णय अनुसार मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजश्व कार्यालयमा अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा आजै (भदौ २ गते) बाट बन्द हुने भएको छ ।

धुलिखेल नगरपालिका भित्रका पसलहरु खुल्ने समय तोकियो

यसैगरि धुलिखेल नगरपालिकाको अनुरोधमा कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रणका लागि उक्त नपा क्षेत्रभित्र हुनसक्ने सम्भावित भिडभाड तथा मानिसको अनावश्यक आवागमनलाई समेत नियन्त्रण गर्ने डा. झाले तेमाल अनलाईनलाई जानकारी दिए ।
झाका अनुसार नगर क्षेत्रभित्र सञ्चालित अत्यावश्यक सेवा बाहेकका सबै किसिमका पसल, व्यापार, व्यवसाय अर्को सूचना जारी नहुँदासम्म विहान ७–९ र बेलुकी ४–६ बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

नाकामा कडाइ गर्ने

जिल्ला हुँदै उपत्यका छिर्ने तथा उपत्यकाबाट जिल्ला छिर्ने नाकामा अब चेकजाँच कडाई गरिने भएको छ । डा. झाका अनुसार उपत्यका प्रवेशका नाकाहरु साँगा र नालामा सुरक्षा चेकजाँच थप प्रभावकारी बनाई समन्वयात्मक एवं प्रभावकारी रुपमा कार्यान्वय गर्ने निर्णय गरेको छ ।

एकदिन विराएर वित्तिय संस्था खुल्ने

यसैबीच जिल्लामा भएको विभिन्न वित्तिय संस्था तथा बैंकहरु पनि दिन विराएर खुल्ने भएको छ । डा. झाका अनुसार यो नियम भोलि (भदौ ३ गते)बाट यो नियम लागु हुने छ ।
‘भदौ ३ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म बैंक तथा वित्तीय संस्थाले दिने सेवा एक दिन विराएर अर्थात सेवा प्रवाह एक दिनको अल्टरनेटमा प्रवाह गर्ने गराउने व्यवस्था मिलाउन जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।’ उनले भने ।

जिल्लामा हालसम्म ९४ जना संक्रमित व्यक्तिहरुलाई विभिन्न आइसोलेशनमा राखी उपचार

गराइएकोमा ३५ जना व्यक्तिहरु उपचार पश्चात निको भई डिस्चार्ज भइसकेको, २ जना व्यक्तिको मृत्यु भइसकेको र ५७ जना व्यक्ति विभिन्न अस्पतालहरु तथा होम आइसोलोशनमा उपचाररत रहेका छन् ।

त्यसैगरि आज (भदौ २ गते) यस जिल्ला स्थित धुलिखेल नगरपालिका स्थायी ठेगाना भएका ४ जना पुरुषहरु र ९ जना महिलाहरुमा कोरोना भाइरस संक्रमण देखिएको हुँदा निजहरुको धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ झाले जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्