28.1 C
Kathmandu

ब्रेकिङ समाचारसोमबार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

०१ भाद्र २०७७
काठमाडौं
–सोमबार देशभर थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित मध्य १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेका छन्।
पछिल्ला २४ घण्टामा देशभर कोरोना संक्रमित संख्या ५ सय ८१ जना थपिएसंगै हाल नेपालभर संक्रमित संख्या २७ हजार २ सय ४१ पुगेको छ।

सोमबार १ सय ६० जना संक्रमित निको भइ घर फर्किएसंगै आजसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

त्यस्तै हाल सम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या भने १ सय ७ जना पुगेको छ। विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो। देशभर विभिन्न स्थानमा गरि हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्