23.1 C
Kathmandu

ब्रेकिङ समाचारधरानमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा विराटनगरकी कोरोना संक्रमित महिलाको मृत्यु

३२ श्रावण २०७७
काठमाडौं
–शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकोे क्रममा कोरोना संक्रमित एक महिलको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर २ तिनपैनीकी ५० वर्षीय महिला हुन् । उनलाई ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।

उनको राति करिब १२ः३० मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ताले जानकारी दिएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्