30.1 C
Kathmandu

ब्रेकिङ समाचारदोलखा एक हप्ताका लागि लकडाउनमा

दोलखा एक हप्ताका लागि लकडाउनमा

३१ श्रावण २०७७
काठमाडौं
–पछिल्ला समयमा दशैभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ। शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा शनिबार देखि भाद्र ६ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो।

शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभरी नै सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण जिल्लाको केही स्थामा देखिन थालेपश्चात संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्लाभर नै लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्