२७ श्रावण २०७७
काठमाडौं–देशभर आज २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमितसहित पछिल्लो २४ घण्टामा संक्रमित संख्या ६ सय ३८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । उपत्यकाभित्र मात्रै काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ८३ जना पुगेको छ ।