१५ श्रावण २०७७,छेडुप तामाङ
काठमाडौं–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नंं.९ ले बिहिवार सामाजिक परीक्षण तथा आम भेला कार्यक्रम सम्पन्न गरेको छ । दाप्चा स्वास्थय चौकीको आर्थिक वर्ष २०७६/७७ का सूचनाहरु आम वडावासिहरुमाझ सार्वजनिकरणका लागि दाप्चा स्वास्थ्य चौकीले सो कार्यक्रमको आयोजना गरिएको हो ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116880335_598584334175239_1192768526224252248_n.jpg)
वडा नंं.९ का वडाध्यक्ष तथा दाप्चा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेल बहादुर लामाको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नमोबुद्ध नगरपालिका का उप्रमुख रामदेवी तामाङ रहेका थिए भने विशेष अतिथि नगरपालिका का प्रमुख् प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई रहेका थिए । कार्यक्रममा वडा नं.९का वडा सदस्यहरु,स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु,महिला स्वयमसेविकाहरु,समाजसेवी व्यक्तित्वहरु लगायत अन्य वडावासीहरुको उपस्थिति रहेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116882109_747075759379738_8426660422012420016_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116882109_747075759379738_8426660422012420016_n.jpg)
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य हरेराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका प्रमुख वलराम पौडेलले संस्थाको आर्थिक वर्ष २०७६/७७ का गतिविधिहरु प्रस्तुत गरेका थिए । आर्थिक वर्ष भरीमा दाप्चा स्वास्थ्य चौकीबाट ९२९८ जनाले सेवा लिएको, ६१ जना महिलाले सुत्केरी सेवा लिएको र ७८८२ जनाले ओ.पि.डी.सेवा लिएको जानकारी दिए । संस्थाको आ.व. २०७६\७७ को कुल आय व्यय ८,६७,८७२.०४ रहेको कुरा समेत सो कार्यक्रममा प्रस्ट पारिएको थियो । दाप्चा स्वास्थ्य चौकीमा यस वर्ष स्तरोन्नतीका लागी प्रदेश सरकारबाट रु ५०,०००,०० को बिशेष अनुदान प्राप्त भएको स्वस्थ्य चौकी ईन्र्चाजले जानकारी दिएको छ ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116405841_638168800240721_8029953699115915405_n.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116405841_638168800240721_8029953699115915405_n.jpg)
कार्यक्रमलाई सम्बोधन गर्दै दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रुपान्तरण गर्न पहल गरिने प्रमुख प्रशासकीय अधिकृतले व्यक्त गरेका थिए भने वडाध्यक्ष मेल बहादुर लामाले लैङ्गिक विभेद अन्त्य गर्न छोरी जन्म प्रोत्साहन कार्यक्रमका लागी यो आ.व. बाट सवै सुत्केरी महिलाका लागि वडाले बजेट छुट्याएको जानकारी दिएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116431433_293498785250465_436858756745669995_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116431433_293498785250465_436858756745669995_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116582474_836388353555401_6220237532573943018_n-1.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116582474_836388353555401_6220237532573943018_n-1.jpg)
प्रकाश अधिकारीले सहजिकरण गरिएको सो कार्यक्रममा संस्थाबाट समायोजन भई गएका कर्मचारी भगीरथ अधिकारी, प्रभा महर्जन र सिता राम सिं लाई विदाई तथा समायोज भई आएका नयां कर्मचारी अञ्जली पौडेल र लिला माया रोक्कालाई स्वागत समेत गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116295138_1410855412452735_8928976445792795870_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/116295138_1410855412452735_8928976445792795870_n-1024x768.jpg)