25.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा हत्या गरि फालिएको अवस्थामा एक पुरुषको शव फेला

काभ्रेमा हत्या गरि फालिएको अवस्थामा एक पुरुषको शव फेला

१५ श्रावण २०७७, छेडुप तामाङ
काठमाडौं
–काभ्रे जिल्लाको पांचखाल नगरपालिका वडा नं.१० स्थित बेला भन्ने ठाउंमा बिहिवार मृत अवस्थामा एक लाश फेला परेको छ । पांचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना क्षेत्र पर्ने उक्त ठाउंमा फेला परेको लाशको प्रकृती हेर्दा हत्या गरि फालिएको अनुमान लगाइएको छ । नाम, थर,बतन नखुलेको उक्त लाशको अनुहार लगायत शरिरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

लाश अन्दाजी ५० बर्षको रहेको छ भने मृतकको गोजीमा मोबाईल भटिएको हुंदा लाश पहिचान गराउने र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्