17.1 C
Kathmandu

खेलकुदकाभ्रेमा युवा नेताको जन्मदिनमा खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

काभ्रेमा युवा नेताको जन्मदिनमा खेलाडीलाई खेल सामाग्री हस्तान्तरण


१२ श्रावण २०७७,छेडुप तामाङ
काठमाडौं
– युवा संघ नेपालको केन्द्रिय सदस्य भेषराज शाहले आफ्ना जन्मदिनको अवसरमा युवाहरुलाई स्पोर्ट सुज/जुत्ता हस्तान्तरण गरि मनाएका छन । काभ्रेको बनेपा बुडोल स्थित रहेको कबर्ड हलमा जन्मदिनको उपलक्ष्यमा युवा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
गत बर्ष बनेपा नगरपालिकामा भएको मेयर कप फुटबल प्रतियोगितामा बनेपा वडा नं.६ प्रथम भएको थियो । तसर्थ आफ्ना वडाका खेलाडि प्रथम भएको खुसियालीमा शाहले १८ जना खेलाडिलाई फुटबल बुट दिएका हुन् ।

केन्द्रिय सदस्य भेषराज शाहका अनुसार जन्मदिनमा गरिने खर्च यसरी युवा खेलाडीहरुलाई सहयोग गर्दा खेलाडीहरुको मनोबल उच्च हुनुका साथै खेल जगतमा अझ उत्कृस्टता दिदैं जाने कुरामा प्रोत्साहन मिल्ने कुरा व्यक्त गरेका छन् । कोविड १९ का कारण नेपालमा एक दर्जन भन्दा ठूला खेल प्रतियोगिताहरु स्थगित भएका छन्, जस् मध्य नेपालमा सकृय खेलको सूचीमा रहेको फुटबल इभेन्ट्सहरु सबैभन्दा बढी प्रभावित भएको देखिएको यो अवस्थामा आफ्न वडाका खेलाडीहरुलाई जन्मदिनको अवसरमा स्पोर्ट सुज\जुत्ता हस्तानतरण गरिएको नेता शाहले नमोबुद्ध न्यूजसंग बताएका हुन् ।

केन्द्रिय सदस्य शाहको जन्मदिनको उपलक्ष्यमा सम्पन्न उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्