१० श्रावण २०७७
काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.९ स्थित दाप्चा स्वास्थ चौकीमा नौं नं.वडा कार्यलयले छोरी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । लैङ्गिक विभेद अन्त्यका लागि नमोबुद्ध नगरपालिका वडा नं. नौं ले आ.व. २०७७/७८ को यो पहिलो कार्यक्रम अन्तरगत आज दुई जनालाई वडाले छोरी जन्मेबापत प्रोत्सहान स्वारुप नगत हस्तान्तरण गरिएको छ ।

आ.व.२०७७/७८ को लागि दाप्चा स्वास्थय चौकीमा बच्चा जन्माउने पहिलो दुई आमा हुन् नमोबुद्ध न.पा वडा नं.११ का सम्झना तामाङ र वडा नं.९ का अमृता तामाङ । सम्झना तामाङ र अमृता तामाङ दुवै जनाले दाप्चा स्वास्थ्य चौकीमौ छोरी जन्माएका हुन् ।


गत बर्षहरुमा वडा भित्रका छोरी जन्माउनेहरुलाई मात्र नगत वितरण गर्दै आएको तर यो बर्ष देखी जहांबाट आएर पनि दाप्चा स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई यसरी नगद वितरण गरिएको वडा नं.नौं का वडा अध्यक्ष मेल बहादुर लामाले जानकारी दिए ।





