३१ असार,२०७७
काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेशी, काभ्रेपलान्चोकको सातौं नगर सभा आज बुधवार सम्पन्न भएको छ । कृषि, व्यापार र पर्यटन हाम्रो सशक्त अभियान भन्ने मुल नाराका साथ बुधवार नमोबुद्ध नगरपालिकाको नगर सभा हल , भकुण्डेमा सातौ नगर सभा सम्पन्न भएको हो ।नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरिएको छ । सातौं नगर सभाको दोस्रो बैठकले आ.व.२०७७/७८ का लागि कुल ६८,८९,३४,५४१ बजेट बिनियोजन गरिएको हो। सभामा वडा न.२ का वडाध्यक्ष एवम प्रवक्ता सन्जिव ढकालले आर्थिक बर्ष ०७७/७८ विनियोजन बिधियक २०७७ प्रस्ताव प्रस्तुत गरिएका थिए भने
वडा नं.१० का वडाध्यक्ष रामकृष्ण उपाध्यायले आर्थिक वर्ष ०७७/७८ को आर्थिक बिधियक प्रस्ताव प्रस्तुत गरिएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/sanjeb-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108012280_312931566781419_8987435679084028010_n-1024x640.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108012280_312931566781419_8987435679084028010_n-1024x640.jpg)
नगरसभालाई सम्बोधन गर्दै नमोबुद्ध नगरपालिकाका सबै वडाका वडाध्यक्षहरुले आ–आफ्ना बिचार व्यक्त गरेका थिए ।
यसै क्रममा वडा न.१ का वडाध्यक्ष कर्म ग्याल्बो लामाले नमोबुद्ध नगरपालिकामा केन्द्र सरकार, प्रदेश सरकारले बजेटमा पुग्दो सहयोग नगरेको गुनासो पोख्दै नगरपालिकाको बजेटले मात्रै जनताको माग र इच्छा आकांक्षालाई पूरा गर्न नसकेको कुरा व्यक्त गरेका थिए । पबित्र धार्मिक स्थल नमोबुद्ध परिसरमा जाने सडकको स्तरोन्नतिमा ढिला सुस्ती भएको हुँदा सम्बन्धित सबै निकायले त्यस तर्फ ध्यान पुर्याउनु पर्ने कुरा उल्लेक गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108216143_1230969123906100_2774445551620381355_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108216143_1230969123906100_2774445551620381355_n-1024x768.jpg)
वडा नं. ३ का वडाध्यक्ष रामशरण हुमागाईँलाई उक्त वडाका वडा सदस्य शिव भुर्तेलले वडाध्यक्षले सर सल्लाहा नै नगरी सिङ्गो वडाको बजेट एकलौटी निर्णय गरेर बजेट सिलिङ तयार पारेको गुनासो सभाहलमै आए पश्चात् वडाध्यक्षले उक्त कुराको खण्डन गर्दै हामी सङ्ग सिमित श्रोत र साधन रहेको र जनताको अनगिन्ती माग पूरा गर्न असमर्थ भएको कुरा व्यक्त गरे । वडा न.३ मा योजना संकलन गर्दा सबै योजना मात्रै सम्पन्न गर्ने हो भने वडामा मात्रै १५ करोडको बजेट माग भएको छ भने वडाको लागि जम्मा जम्मी ५६ लाख मात्र बजेट आउने हुंदा केही केही योजनाहरु कटौती गर्नु परेको र आगामी बर्षमा आवश्यकता अनुसार ती मागहरुको सम्बोधन गर्दै जाने कुरा व्यक्त गरे ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/ramsharan-humagain-1024x782.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/ramsharan-humagain-1024x782.jpg)
वडा नं. ४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्लेले सभालाई सम्बोधन गर्दै नगरको पुरानो बजार वडा न.९ मा अवस्थित दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा रुपान्तरण गर्दै अन्य वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्दै जाने कुरामा जोड दिएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108250269_1396243904096528_1554792711870395541_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108250269_1396243904096528_1554792711870395541_n-1024x768.jpg)
वडा नं.५ का वडाध्यक्ष बुद्ध सिंह तामाङले हिजोका दिनहरुमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै जाने र केही कमिकम्जोरिहरु भएमा त्यस्लाई सुधार्दै जानुपर्ने कुरा व्यक्त गरेका थिए । अबको बर्ष सुधारको वर्ष हुनेछ, सुधारको वर्ष भन्दैमा बिग्रेको अवस्था भने पक्कै होईन । अवका दिनहरुमा सुशासनका साथ हरेक काम दुरदर्शिता र पार्दर्शितापूर्ण ढंगले अगाडि बढ्ने कुरा उल्लेख गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/buddha-sing-tamang-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/buddha-sing-tamang-1024x768.jpg)
वडा नं.६ का वडाध्यक्ष कुल प्रसाद न्यौपानेले नगरपालिकामा कुनै पनि जनप्रतिनिधी तथा कार्यपालिकामा तिक्तता नरहेको कुरा व्यक्त गर्दै आगामी दिनहरुमा पनि सधै एक भएर सिङ्गो नगरको सर्वाङ्गिण बिकासका लागि एक्यवद्धताका साथ लाग्ने कुरा व्यक्त गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107847136_1531663977018478_9218425863772107505_n-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/107847136_1531663977018478_9218425863772107505_n-1024x768.jpg)
वडा नं.७ का वडाध्यक्ष धर्म सिं लामाले धेरै छलफल र बहसका बिच सर्बसहमती बाट तय भएको यो बजेटको लागि हामीले धेरै एक आपसमा तिक्तता पोखिरहनु पर्छ जस्तो लाग्दैन । धेरै लामो गृहकार्य पश्चात तय गरिएको यो बजेट सबै वडाका सबै समस्या समधानका लागी पर्याप्त नहोला तर सबै जसो समस्याहरुलाई उचित सम्बोधन हुने तरिकाले तय गरिएको यो बजेट सम्मानयोग्य रहेको कुरा उल्लेख गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/dharma-sing-rostam-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/dharma-sing-rostam-1024x768.jpg)
वडा नं.८ का वडाध्यक्ष शेर बहादुर तामाङले नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु नगरको समग्र बिकासका लागि सकरात्मक ढंगले लागिपरेका उल्लेख गर्दै नगरमा सोचेअनुसारको बिकास गर्न नसकेको कुरा स्वीकार्दै जेजत्ति बिकासका कार्यहरु भए सन्तुष्टिजनक नै रहेको कुरा ब्यक्त गरेका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/sher-bahadur-rostam-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/sher-bahadur-rostam-1024x768.jpg)
वढा नं.९ का वडाध्यक्ष मेल बहादुर लामाले नमोबुद्ध नगरपालिकाको अबको वर्ष सुधारको बर्ष भन्ने वित्तिकै लथालिंग बिग्रेको अवस्थालाई सुधार्नु भन्ने नबुझ्न अनुरोध गर्दै सुधारको बर्ष यस अर्थमा हो कि सुशासन,पारदर्शिता लगायतका विषयमा अझ बडि सुधार्दै जाने भएको हुंदा यो बर्ष सुधारको वर्ष भनिएको हो भने । वडाहरुमा बजेट अत्याधिक पठाउदैमा सुधार हुने होइन । सुधारको निम्ति सर्व प्रथम सुशासन,पारदर्शितामा सुधार ल्याउन अपरिहार्य रहेको कुरा व्यक्त गर्दै सहभागिले गुनासो लगाउनु स्वभाविक रहेको र ति कुराहरुलाई मध्यनजर राखेर नै हामी अगाडी बढ्नु पर्ने कुरा व्यक्त गरे ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108181431_668514287037725_2506448361899454422_n-1-1024x768.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108181431_668514287037725_2506448361899454422_n-1-1024x768.jpg)
वडा नं.११ का वडाध्यक्ष कुष्ण बहादुर लामाले नगर सभालाई सम्बोधन गर्दै नगरको आर्थिक श्रोतको कमि भएकै कारण सोचे जस्तो विकास गर्न नसकेको कुरा व्यक्त गर्दै बिगतका बर्षहरुकम भएका कमजोरी पक्षहरुलाई सुक्ष्म अध्ययन गरेरै यो यो बर्ष निती तथा कार्यक्रम ल्याएको हुंदा पक्कै पनि त्यसलाई सहि ढंगले कार्यन्वयन गर्न गराउन सकेमा नगरपालिका अवश्य पनि सफल रहने कुरा व्यक्त गरे ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108350812_206204910716323_257584702213178268_n-1024x756.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/108350812_206204910716323_257584702213178268_n-1024x756.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/upamayor-fina-1024x848.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/upamayor-fina-1024x848.jpg)
सातौं नगर सभालाई सम्बोधन गर्दै उपप्रमुख रामदेवी तामाङले कोभिड १९ ले गर्दा पनि योजनाअनुसार काम गर्न असहज भएको हुंदा नगरवासीले यसलाई बुझनु पर्ने कुरा उल्लेख गर्दै जनप्रतिनिधिहरुले पाउनुपर्ने सेवासुविधा समेत कटौती गरेर ल्याएको यो बजेट कार्यन्वयनमा हामी चुक्न नहुने कुरा व्यक्त गरे । सबै वडाका वडा सदस्यहरुले पनि वडाध्यक्षहरुलाई बजेट कार्यन्वयनमा यथेस्ठ सहयोग गर्नु पर्ने बताउदै कर्मचारीहरुले पनि सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान गर्न कुनै पनि कसुर बांकी नराख्न अनुरोध गरेका थिए ।
सभाको अन्तमा नगर प्रमुख टि.पी शर्मा तिमल्सिनाले नगरपालिकाको सातौं नगर सभा सव्य र भव्य ढंगले सम्पन्न भएको हुंदा यसको निमित्त अहोरात्र खटिएका कर्मचारी वर्ग र आम जनप्रतिनिधिहरुलाई आभार प्रकट गर्दै बजेट कार्यन्वयनमा सबै जना एक्यबद्ध रुपमा लाग्नु पर्ने कुरा बताएका थिए ।
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/tp-sharma-1024x724.jpg)
![](https://www.namobuddhanews.com/wp-content/uploads/2020/07/tp-sharma-1024x724.jpg)
भिडियो हेर्नुहोस…