18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा भेटियो थप एकजनामा कोरोना संक्रमण, संक्रमित संख्या ७

काभ्रेमा भेटियो थप एकजनामा कोरोना संक्रमण, संक्रमित संख्या ७

१७ असार २०७७
धुलिखेल ।
काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अुनसार बैदेशिक रोजगारबाट फर्केकी एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित महिला बनेपा नगरपालिका वडा नम्बर १० की हुन् । डा. झाका अनुसार २४ बर्षीय ती महिला गत जेष्ठ २९ गते नेपाल फर्केकी थिइन् ।

यस अघि काभ्रेमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण भएको थियो भने दोस्रो पटक एकजनामा संक्रमण भएको थियो । यससँगै काभ्रेमा संक्रमित संख्या ७ पुगेको छ ।
बेथानचोकमा भेटिएको संक्रमित डिस्चार्ज

यसैबीच काभ्रेको बेथानचोक गाउँपालिकाका एकजना संक्रमित युवा उपचार पछि घर फेर्केका छन् । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. झाका अनुसार ती युवा आज डिस्चार्ज भएका हुन् । काभ्रेमा दास्रोपटक भेटिएका ती युवाको टेकुमा उपचार भइरहेको थियो ।

यससँगै कोरोना संक्रमण निको भएको संख्या काभ्रेमा ६ पुगेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्