24.1 C
Kathmandu

ब्रेकिङ समाचारपूर्व मन्त्री बाँस्कोटाले भने, ‘मार्क्स, लेनिनको शालिक ढाले तर मदनको शालिक ढाल्ने...

पूर्व मन्त्री बाँस्कोटाले भने, ‘मार्क्स, लेनिनको शालिक ढाले तर मदनको शालिक ढाल्ने शालिक होइन’

१४ असार २०७७
धुलिखेल । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा काभ्रेका जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले स्व. मदन भण्डारीको शालिकलाई ‘अभिचलित स्टाच्यू’को संज्ञा दिएका छन् । स्व. भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा धुलिखेल–११, काभ्रे भञ्ज्याङमा रहेको भण्डारीको शालिकमा मल्यार्पण गर्दै पूर्व मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले मदन भण्डारीले विकास गरेको विचारलाई जीवन पद्धति बनाउनुपर्नेमा जोड दिए ।

‘अभिचलित स्टच्यू हो, यो स्टच्यू मन मनमा रहने छ कहिल्यै नढल्ने गरि । हामीले देखेका छौं इतिहासको कालखण्डमा माक्र्स र लेनिनका पनि शालिक ढाले तर यो ढालिने शालिक होइन, यो जनताको मन र मष्तिष्को शालिक हो ।’ पूर्व मन्त्री बाँस्कोटाले भने, ‘त्यसैले यसको संरक्षण गरौं । मूलभूत रुपमा ढुंगा आफै बोल्दैन । विचार बोल्ने हो । यो विचारको जीवनतता र निरन्तरता आउँदो पुस्ताले ग्रहण गर्नुपर्दछ । अध्ययन गर्नुपर्छ । जीवन पद्धति बनाउनुपर्छ ।’

राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियू काभ्रेको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले बृक्षारोपण समेत गरेका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, युवा तथा विद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्