30.1 C
Kathmandu

ब्रेकिङ समाचारअमेरिकन फौजी किरा नियन्त्रण नहुदै बाली बिनासकारी सलह नेपालमा पनि देखियो

अमेरिकन फौजी किरा नियन्त्रण नहुदै बाली बिनासकारी सलह नेपालमा पनि देखियो

१३ असार,२०७७

काठमाडौ-अमेरिकन फौजी किराको नियन्त्रण गर्न नसकिएको अवस्थामा फेरि बाली बिनासकारी किरा सलह नेपालमा पनि देखा परेको छ । विभिन्न मुलुकबाट भारत हुँदै नेपाल प्रबेश गरेको सलह बाराको सीमरा र सर्लाहीमा पनि देखा परेको छ ।

सलहको एउटा बथानले औसतमा २५ हजार भन्दा बढी मानिसलाई खाना पुग्ने खाना एकै दिनमा खाना सकिने भन्ने खबर विभिन्न सामाजिक संजालमा आए पनि यस्ले कत्ती क्षेती गर्छ भन्ने बारे अध्ययन भइरहेको कृषि अधिकारिहरुले जनाएका छ्न ।

विभिन्न अनलाईन मिडिया मार्फत सलह नेपाल प्रवेश गरेको खबर सङ्गै काभ्रे लगायत अन्य जिल्लाहरुमा पनि सलह जस्तै देखिने किरा देखेको भन्दै कृषकहरु चिन्ता व्यक्त गर्न थालेका छन ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्