18.1 C
Kathmandu

समाचारकोरोनाका कारण नेपालमा ५ जनाको ज्यान गयो।।

कोरोनाका कारण नेपालमा ५ जनाको ज्यान गयो।।

भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उहाँको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उहाँको रिपोर्ट कोरोना पोजेटिभ आएको उज्यालोलाई जानकारी दिनुभयो ।

unn.prixa.net

तर यस बारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गर्न बाँकी छ ।  कोरोना पोजेटिभ रिपोर्ट आएपछि किस्ट अस्पताललाई उच्च निगरानीमा राखिएको छ । उहाँलाई ११ गते अल्कोहलिक लिभर डिजिज भएपछि उपचारको लागि पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको नभएपछि किस्टमा रिफर गरिएको थियो । उपचारकै क्रममा उहाँको बुधबार निधन भएको हो ।

यो सँगै नेपालमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चारजनाको ज्यान गएको थियो  ।  नेपालमा अहिलेसम्म ८ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ सय ८३ जना उपचारपछि निको भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्