28.1 C
Kathmandu

समाचारधनकुटा र मोरङका तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

धनकुटा र मोरङका तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

आइतबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमै रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९५ पुगेको छ।

यसअघि आइतबार बिहान राैतहटको राजपुर नगरपालिका फरहदवा-९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका गरी ६ जना र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका तीन पुरुष गरी १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  संक्रमितमध्ये २९५ मध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्