15.1 C
Kathmandu

ब्रेकिङ समाचारसुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा एक्कासी आगलागी

सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा एक्कासी आगलागी

७ कार्तिक २०७८
काठमाडौ
। धादिङको गजुरीमा सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।

बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।

बसमा आगो लाग्नुको कारण खुलेको छैन । बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्