23.1 C
Kathmandu

ब्रेकिङ समाचारजबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

२३ फागुन २०७७
काठमाडौ
। २२ वर्षीया युवतीलाई जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचे पक्राउ परेका हुन् ।

बाचेले गोरखा सदरमुकामको अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर गोरखा पठाएको डीएसपी दाहालले बताए । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्