25.1 C
Kathmandu

ब्रेकिङ समाचारकांग्रेसमा तत्काल सरकारको विरोधमा आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा मतभेद

कांग्रेसमा तत्काल सरकारको विरोधमा आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा मतभेद

९ पौष २०७७
काठमाडौ–
नेपाली कांग्रेसको मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न कांग्रेसले बैठक बोलाइएको थियो।

आजको बैठकले ओली सरकारका कदमविरूद्ध आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारका कदमविरूद्ध देशैभरबाट विरोध गर्न केन्द्रीय समितिबाट कार्यक्रम तय हुनेछ।

कांग्रेसमा तत्काल सरकारको विरोधमा आन्दोलनमा जाने कि केही समय कुर्ने भन्नेमा मतभेद देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल सडकबाट प्रतिरोधमा उत्रिनुपर्नेमा छन्। तर सभापति शेरबहादुर देउवा भने अहिले नै आन्दोलनमा जाने कि सर्वोच्च अदालतको आदेशपछि जाने भन्नेमा खुलेका छैनन्।

आन्दोलनमा जाने प्रस्ताव बुधबारको केन्द्रीय समितिमा छलफल भए पनि निर्णयमा पुगेको थिएन। अहिलेसम्म केन्द्रीय समितिमा आठ जना केन्द्रीय सदस्यले बोलेका छन्। बुधबार बैठकमा धारणा राखेका केन्द्रीय सदस्य गगन थापाले आन्दोलनमा जान खुट्टा कमाउन नहुने बताएका थिए। अर्का केन्द्रीय सदस्य रामशरण महतले कांग्रेसले ओली सरकारको असंवैधानिक कदमविरूद्ध एक्लै आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए।

कांग्रेसले सोमबार गरेको सर्वदलीय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले संयुक्त रूपमा सरकारविरूद्ध आन्दोलनमा जानुपर्ने प्रस्ताव राखेका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्