25.1 C
Kathmandu

ब्रेकिङ समाचारसंसद विघटनअघि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव, प्रचण्ड नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावित

संसद विघटनअघि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव, प्रचण्ड नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावित

५ पौष २०७७
काठमाडौ
–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु अघि नै नेकपाका ९० सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका छन् । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ ।

९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्