20.1 C
Kathmandu

ब्रेकिङ समाचारखोपले हानि गरे मुद्दा हाल्न नपाइने

खोपले हानि गरे मुद्दा हाल्न नपाइने

३० मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा।श्यामराज उप्रेतीले कोभाक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दै छ ।

‘हामीले कोभाक्सबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा।डा।रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १।६ डलर देखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभाक्स सुविधाअन्तर्गत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’

विज्ञहरूका अनुसार हाल धेरैजसो देश यस्तो जिम्मेवारी उठाउन तयार छन् । यसअन्तर्गत खोपले असर गरेमा क्षतिपूर्ति दिन कम्पनी बाध्य हुने छैन । यसो गर्नुको कारण खोप विकास छिटो गर्नु रहेको अधिकारीहरूले बताएका छन् । सामान्यतया बजारमा खोप आउन १० देखि १५ वर्ष लाग्न सक्छ तर कोभिडको खोप एक वर्षभित्रै प्रयोगमा आइसकेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्